एमेच्योर फुटसलमा एन डलर च्याम्पियन, दिवस बने सर्वाेत्कृष्ट

खेलकुदले युवालाई एकताको सुत्रमा गाँस्छ: लामा

पाेखरा | साउन १७, २०८३

एमेच्योर फुटसलमा एन डलर च्याम्पियन, दिवस बने सर्वाेत्कृष्ट

पोखरा ।      पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ ।

 

रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई पेनाल्टी सुटाउटमा ३–२ गोल अन्तरले हराउँदै एन डलर एफसी च्याम्पियन बनेको हो ।

 

च्याम्पियन बनेसँगै एन डलर एफसीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको मित्रबन्धुले नगद रु २५ हजार, मेडल तथा प्रमाणपत्र हात पार्याे । प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा दिवस गुरुङ र उत्कृष्ट गोलरक्षकका रुपमा मुमिन तामाङ पुरस्कृत भए ।

 

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका शैक्षिक तथा सामाजिक अभियन्ता दर्शन लामा, पुरस्कारदाता लगायतले पुरस्कार वितरण गरे । सो अवसरमा बोल्दै लामाले युवाहरुलाई एकताको मालामा खेलकुदको महत्वपूर्ण भूमिका रहने धारणा राखे ।

 

उनले उदीयमान खेलाडीहरुका लागि यस्ता प्रकारका प्रतियोगिता फलदायी हुने बताउँदै आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिन सुझाव दिए । स्वाधिनताले आयोजना गरेको सो प्रतियोगितामा कुल ३३ टिमको सहभागिता रहेको थियो ।

 

पोखरा ।      पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ ।   रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...

थप पढ्नुहोस्

नागढुंगा-सिस्नेरी सुरूङमार्ग उद्घाटन भएको छ। आइतबार बिहान विशेष समारोह गरी नेपालकै पहिलो आधुनिक सुरूङमार्ग उद्घाटन गरिएको हो।   पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजद...

थप पढ्नुहोस्

कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ।   स्थानीयवासीको सहयोगमा घट...

थप पढ्नुहोस्